सुनसरीको दुहबीमा नर्भिकले अस्पताल चलाउने, काठमाडौंस्तरकै सेवा दिइने

पूर्वी नेपालको चर्चित औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा अब देशकै प्रतिष्ठित र अग्रणी निजी अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल स्तरकै स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।
चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटललाई मर्मतसम्भार र आधुनिकीकरण गरी काठमाण्डौको नर्भिक अस्पताल स्तरकै सेवा प्रवाह गर्न लागेको हो ।
यो अस्पताल विगत ३ वर्षदेखि बन्द अवस्थामा छ । अस्पतालका भवनहरुमा झार पलाइसकेका छन् । उराठलाग्दो भइसकेको अस्पताललाई नर्भिक अस्पतालले पुनर्जीवन दिन लागेको हो ।
नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीकाअनुसार नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सिएसआर)अन्तर्गत दुहबीको सो …