ट्रिपरको ठक्करबाट सागरको निधन

झापाको कनकाई नगरपालिका–७ टेक्रामा आज दिउँसो भएको सवारी दुर्घटनामा झापा गाउँपालिका–३ का २० वर्षीय सागर लिम्बुको मृत्यू भएको छ ।
दक्षिण तर्फ जाँदै गरेको बा २ ख ९२८४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको को ६ प २०८५ नं. का मोटर साइकल चालकलाई ठक्कर दिँदा लिम्बु गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चालक कनकाई–२ का भीम बहादुर दर्जी र ट्रिपरलाई इलाका प्रहरी कार्यालय सुरुङामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।