नेपालमा कोरोना भाइरसको संक्रमणमा परेका २ लाख ५५ हजार भन्दा बढी व्यक्ति निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुग्दा २ लाख ५५ हजार ८८ जना निको भएका छन् ।
पछिल्लो २४ घन्टामा ४ हजार ४०१ जनाको नमूना परिक्षण गर्दा ४०३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ।
त्यस्तै सोही अवधिमा ७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ८८५ पुगेको छ ।
आज कोरोना मुक्त हुनेको संख्या ५९४ रहेको मन्त्रालयले जनाएको छ ।