भरतपुर चितवनमा गृहमन्त्री राम बहादुर थापा विरुद्ध कालो बेलुन उडाएर बिरोध जनाइएको छ।
भरतपुर रिजाल चोकमा सांकेतिक बिरोध स्वरुप कालो बेलुन उडाइएको हो। असंबैधानिक कु का बिरुद्ध कालो बेलुन उडाएर बिरोध गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य दुर्लभ शाहिले जानकारी दिएका छन् ।
बादल चितवन पुगेपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका छन्।
उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका हुन्। उक्त बेलुनलाई पछि प्रहरीले बाँसको भाटाको सहायताले झारेको थियो।
चितवन बादलको गृहजिल्ला पनि हो ।