झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ ।
आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको हो।
प्रहरीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटाएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।