पहिलो–पहिले गाउँघरमा परालको गुन्द्री अधिक प्रयोग हुन्थ्यो । आजकाल भने परालको गुन्द्री प्रयोग गर्नेको संख्या घट्दै गएको छ । गाउँघरमा गुन्द्री जन्य आधुनिक उत्पादन प्रयोग हुन थालेपछि परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको छ ।
विगतमा परालको गुन्द्री प्रयोग गरेका बुढापाका भने परालको गुन्द्री लोप हुने अवस्थामा पुगेपछि चिन्ति छन् । पारिलो घाम, घर नजिकै परालको गुन्द्री बुन्ने तान । उनलाई गुन्द्री बुन्न भ्याइनभ्याइ छ । बिहानदेखि बेलुकासम्म गुन्द्री बुन्ने उनको दैनिकी बनेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिला पुसको जाडोमा घाममा बसेर गुन्द्री बन्दै ।
गुन्द्री बुन्न अन्य काम गरे जस्तो कठिन छैन । कच्चा पदार्थ पनि सजिलै उपलब्ध हुन्छ । व्यक्तिगत प्रयोगका गुन्द्री बुन्न निश्चित समय नै छुट्याउनु पर्छ भन्ने हुँदैन । फुर्सदको समयमा बुने पनि एउटा परिवारका लागि पुग्दो हुन्छ । तर, आधुनिकताको नाममा अहिले गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ । जसले, परनिर्भरता मात्र बढाएको छैन, पुख्र्यौली शिप नयाँ पुस्तामा हस्तान्तरण गर्ने परम्परा समेत हराउने भएको छ ।