कोरोना भाइरसको पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ परेका छन् ।
शनिबार साँझ दुबई जान विमानस्थलमा पुगेका उनीहरुको रिपोर्ट नक्कली पाईएपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान खैरागरका दिनेश सिंहलगायत छन् । बाँकी ६ जनाको नाम सार्वजनिक हुन बाँकी छ ।
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
— Nepal Police (@NepalPoliceHQ) January 3, 2021
ट्विटरमा जय देश (@JayJananiJayDes) नाम गरेको ट्विटर ह्यान्डलका भएका व्यक्ति लेख्छन्
बिचरा ति रोजगारीको आशामा जान लागेका लाई किन समाउनु ? सक्ने क्षमता भए, तिनलाई सो कार्य गराउने जरो अर्थात दलाललाई समाउ, नेपालको जहाज र प्रणालीको प्रतिष्ठा जोगाऊ ।