नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको निधन भएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका प्रयोगशालामा ५ हजार २२५ जनाको नमूना परिक्षण गर्दा ४२६ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज भेटिएका संक्रमितमध्ये पुरुषको संख्या २७३ र महिलाको संख्या १५३ रहेको छ ।
योसहित कूल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ जसमध्ये २ लाख ५३ हजार १०७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ७४८ जना कोरोनामुक्त भएका हुन् ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा तीन जिल्लामा ९५ पुरुष र ७२ महिला गरी कूल १६७ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । जसमध्ये गम्भिर अवस्थामा रहेका २३४ जनालाई आईसीयू र ३५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।