आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।
ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् ।
राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो ।
जनावरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ।
नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।
टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।