नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ ।
बुधबार तोलामा ९४ हजार २ सय मा कारोबार भएको सुनको मूल्य आज तोलामा सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार १ सय र तेजावी सुन तोलाको ९३ हजार ६ सय मा कारोबार भैरहेको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्य सामान्य गिरावट आउँदा चाँदको मूल्यमा पनि केहि गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया घटेर १ हजार ३ सय मा कारोबार भैरहेको छ ।