
रुवी राणाले नेपालको पहिलो मिस नेपालको २६ वर्ष भइसक्यो । तर, आज पनि उनी उस्तै ‘फिट एन्ड फाइन’ देखिन्छिन् । ‘यो सबै सकरात्मक सोचको परिणाम हो’ आफ्नो सुन्दरताको राज उनी यसरी खुलाउँछिन् ।
हाम्रो कला टिभीले उनीसँग गरेको मिस नेपाल संवादका क्रममा रुवी राणाले नयाँ कुरा खोलेकी छिन् । त्यो के भने उनी आफ्नी छोरीलाई पनि चाँडै मिस नेपालमा सहभागी गराउने तयारीमा छिन् ।
मिस नेपालको क्रेज अझै पनि नघटेको उनको टिप्पणी छ । मिस नेपालबारे हुने विवादबारे पनि उनले आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
नेपाललाई विश्वमा चिनाउने उद्देश्य बताउँदै सन् १९९४ मा मिस नेपालको ताज पहिरिएकी वीरगञ्जकी रुवी राणा केही समय अभिनय र मोडलिङमा सक्रिय रहिन् । तर निरन्तरता दिन भने सकिनन् ।
पछिल्लो समय उनी ब्युटिसियनको रूपमा रूपमा चिनिदै आएकी छन् । केही टेलिसिरियल अभिनय गरेकी रुवीका ‘अनमोल’, ‘आधी बाटो’ र ‘अन्तराल’ फिल्म आएका थिए । यी फिल्मबाट न त उनी हिट हुन सकिनन् न त अभिनय क्षेत्रमै फिट रहिरन् नै ।
छोरीलाई मिस नेपालमा ल्याउने तयारीसहित उनले मिस नेपालबारे सुनाएका विविध किस्सा जान्नका लागि यो भिडियो कुराकानी हेर्नुस्
