समाजको हक हितको संरक्षण गर्ने उद्देश्यले सम्पूर्ण व्यवसायिक तथा आर्थिक क्रियाकलापमा सरकारी नियन्त्रण कायम गर्ने अर्थव्यवस्था हो । जसमा सम्पत्तिको स्वामित्व तथा उपयोगलाई व्यक्ति विशेषको दायराबाट अलग्याएर सामुदायिक स्वामित्व तथा उपयोग तर्फ प्रोत्साहित गर्ने अर्थव्यवस्था नै समाजवादी अर्थव्यवस्था हो ।
यस अर्थव्यवस्थाले उत्पादनका साधनहरुको राष्ट्रियकरणलाई अपरिहार्य आवश्यकताका रुपमा दिसानिर्देश गर्दछ । समाजवादको अवधारणा उन्नइसौँ शताब्दिको मध्यतिर जर्मानीका महान दार्शनिक कार्ल माक्र्सले क्रान्तिकारी चिन्तनको रुपमा अघि बढाएका हुन् ।
समाजवादी अर्थव्यवस्थामा उत्पादनका साधनहरुमा सरकारी स्वामित्व कायम गरी आयको पूनर्वितरण गरिन्छ ।
समाजका मानिसहरुलाई कल्याणकारी एवं समानताको अवसर प्रत्याभुति गर्न सम्पूर्ण राज्य प्रणलीमा सरकारद्धारा नियन्त्रण कायम गरी नियमित र व्यवस्थित गरिन्छ । समाजका सबैजसो क्षेत्रमा सरकारको एकाधिकार रहन्छ । राज्यका सम्पूर्ण व्यवसायिक एवं आर्थिक क्रियाकलापहरु सरकार द्धारा नियन्त्रित हुन्छन् ।
त्यस कारण समाजवादी अर्थतन्त्रमा उद्यम व्यवसायको सँस्थापना ,सन्चालन एवं व्यवस्थापनमा सार्वजनिक सँस्थानहरुको अग्रणी भुमिका रहन्छ । सार्वजनिक सँस्थानहरुको माध्यामबाट नै सार्वजनिक हित एवं राष्ट्रिय हित अनुकुलका कार्यहरु सम्भवछ भन्ने विश्वास यस अर्थव्यवस्थाले राख्दछ । समाजवादी अर्थव्यवस्थालाई गतिशिल तुल्याउन सन् १९२८ मा स्टालिनले योजनाबद्ध विकासको नीति सुरुवात गरेका हुन् ।
सन् १९१७ मा तत्कालिन् सोभियत रुसको सत्ता सम्हालेपछि लेनिनले जमिन र उत्पादनका साधनहरुमा निजी स्वामित्व खारेज गरी अर्थतन्त्रमा सरकारको भुमिकालाई स्थापित गरिदिए । सन् १९१८ मा तत्कालीन् सोभियत रुसलाई समाजवादी संघीय गणतन्त्रको मान्यता दिएपश्चात समाजवादी अर्थतन्त्रलाई थप बल पुग्न गयो ।
तथापि समाजवादी अर्थतन्त्रमा विद्यमान कतिपय कमजारीले गर्दा यसबाट बाञ्छित उपलब्धि हाँसिल हुन सकेन । अर्थ व्यवस्थामा व्यक्तिगत सक्षमता र उत्पादकत्वको खास भुमिका नरहने भएकाले सरकारको बाहुल्यताले गर्दा अनेकन समस्याहरु सिर्जना भए । आर्थिक कार्यप्रणली स्थिर र अपरिवर्तनिय कार्य प्रणालीको रुपमा सिमित भयो ।
जसबाट व्यक्तिगत स्वतन्त्रता, प्रतिस्पर्धात्मक भावना र प्रजातान्त्रिक मान्यताको अभाव महशुस गरियो । व्यवसायिक सम्भाव्यता भन्दा व्यवसायमा सरकारको अपरिहार्य संलग्नतातर्फ बढि जोड दिइयो । पलस्वरुप यो अर्थव्यवस्था बीसौँ शताब्दीको अन्त हुनु अगाबै अनुपयुक्त आर्थिक व्यवस्थाका रुपमा सावित हुन गयो । सरकार स्वयम उद्यमी बन्ने धारणाले दिर्घकालिन् रुपमा भने कार्य गर्न सकेन ।
पचाल झरना गा.पा. ४, कालीकोट
हाल काठमाडौं