यदि कसैले तपाईंको फ़ोन दुई पटक भन्दा बढि रिङ्ग जाँदा पनि उठाएन भने, तेस्रो पटक फ़ोन नगर्नुहोस् यसो गर्दा तपाईंको सम्मान रहि रहने छ ।
१) खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्नुहोस, बिशेष गरि भिडभाड बढी हुने ठाउँमा ।
२) यदि कोहि बिना कारण हेडफोन लगाएर घुमी रहेको छ भने यसको मतलब उ कसैसँग बोल्न चाहँदैन, उसको व्यबहार यसरी थाहा हुन्छ ।
३) सार्बजनिक ठाउँमा दिखावा नाटक नगर्नुहोस्, कसैले तपाइँलाई केहि नभने पनि यसले तपाइँलाई गलत असर पार्छ ।
४) कुनै पनि टेवल कुर्सिको मुनि चुइगम नटास्नुहोस र केराको बोक्रा बाटोमा नफाल्नुहोस ।
५) कसैसँग उधारो पैसा नलिनुहोस्, यदि लिनुभयो भने दिएको भाका सकिनु अघि नै फिर्ता दिनुहोस् ।
६) सार्बजनिक स्थानमा यात्रा गर्दा, अरुको मोबाइल स्क्रिन नहेर्ने बानी बसाल्नुहोस ।
७) यदि तपाईं खुशी हुन चाहनुहुन्छ भने, आफ्नो बुद्धिको रहस्य कसैलाई नभन्नुहोस ।
८) आफ्नो पैसा सधैं एकै ठाउँ, पर्समा मात्र नराख्नुहोस ।
९) नयाँ व्यावसायमा कहिले पनि अधिक पैसा लगानी नगर्नुहोस्, जुन तपाईंले घाटा बेहोर्न सक्नुहुन्न ।
१०) भोज पार्टिमा खाना खाँदा, स्वास्थ्यको ख्याल राख्नुहोस ।
११) आफ्नो मोबाइल फोनमा संगित वा भिडियो सार्बजनिक हेर्न चाहनुहुन्छ भने, हेडफोनको प्रयोग गर्नुहोस् ।
१२) वेटर होस् या अन्य काम गर्ने ब्यक्ति, उसलाई तपाईंले आफ्नो अफिसको हाकिमलाई दिने आदर दिनुहोस्, मानिसहरूले तपाइँलाई नोटिस गर्नेछन् ।
१३) त्यो काम कहिल्यै नगर्नुहोस्, जुन कामले आफ्नो नजरमा आफै झुक्नु परोस् ।
१४) आफ्नो बोल्ने शब्दमा मिठास भर्नुहोस, किनकि अरुको मनमा आफ्नो ठाउँ बनाउने तपाईंको आफ्नै बोल्ने शब्द ले हो।
१५) यदि कसैले तपाइँलाई तपाईं भित्रको कमि कमजोरी औंल्याउछ भने उसँग नरिसाउनुहोस, उसलाई धन्यवाद दिनुहोस् जसले तपाइँलाई सुध्रने मौका दिएको छ ।
१६) यदि तपाईं डेटमा जानुभएको छ या साथिलाई भेट्न जानुभएको छ भने मोबाइल टेवलमा राख्नुको सट्टा ब्याग या गोजिमै राख्नुहोस , यसो गर्दा उनीहरुको महत्त्व राख्दछ ।
१७) कहिले पनि आफुभन्दा धेरै उमेरको ब्यक्ति सँग, जिस्कने इत्रने नगर्नुहोस् ।
१८) कहिले पनि पाहुनालाई धेरै खानको लागि नउक्साउनुहोस्, मनैमन उसलाई नराम्रो लागिरहेको हुन्छ ।
१९) यस कुरालाई सधैं याद राख्नुहोस कि तपाईंको आमाबुबा बाहेक, हरेक ब्यक्ति कुनै न कुनै स्वार्थको लागि तपाईं सँग जोडिएका छन् ।।