आज आइतबार अर्थात साताको पहिलो दिन सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।
शुक्रबार ९४ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
शनिबार सुनचाँदीको नयाँ मूल्य निर्धारण नहुने भएकाले हिजो शनिबार बजारमा शुक्रबार कायम भएकै मूल्यमा कारोबार हुने गरेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुन तोलाको ९४ हजार २ सय र तेजावी सुन ९३ हजार ७ सयमा कारोबार भैरहेको छ ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा पनि केही परिवर्तन भएको छ । चाँदीको मूल्य पनि आज शुक्रबारकै भाउमा अर्थात तोलाको १२ सय ८० मा कारोबार भैरहेको छ ।
पुष महिनाको ६ गते तोलामा ९५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य यो महिनामा अहिलेसम्मकै सर्वाधिक मूल्य हो भने पुषको १ गते तोलामा ९३ हजार १ सयमा कारोबार भएको मूल्य यो महिनाकै न्यूनतम मूल्य हो ।