सामाजिक सञ्जाल प्रयोगकर्ताको लागि मिना ढकाल कुनै नौलो नाम हैन । आफुलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत लेख्न रुचाउने मिना समाजसेवाको बाटोमा अगाडी बढिरहेकी महिला हुन् । उनले सामाजिक सञ्जालमा लेखेका कुराहरुमा मिश्रित प्रतिक्रियाहरु आएपनि उनी निर्धक्क भएर आफ्ना मनका कुराहरु लेख्छिन् । उनी हास्यकलाकार मनोज गजुरेलकी पुर्वपत्नी हुन् । उनीहरुको सम्बन्ध बिच्छेद भएको आज तीन वर्ष पुरा भएको छ ।
केही वर्ष पहिले साहित्यकार सरस्वती प्रतीक्षाले पूर्वपति ठाकुरप्रसाद पन्थसँग सम्बन्ध विच्छेद भएको चार वर्ष लागेको उपलक्ष्यमा सँगै बसेर लन्च गरेको तस्बिर आफ्नो फेसबुक वालमा पोस्ट गरिन्। उनले तस्बिर पोस्ट गर्दै लेखिकी थिइन्, ‘सम्बन्ध विच्छेदपछि आा–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो। सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेदसमेत एक उत्सव बनिदिँदो रहेछ।’ उनको यो स्ट्याटस सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले उनको समर्थन गरे ।
आज बिहानै मिनाले आफु स्वतन्त्र भएको ३ वर्ष पुरा भएको भन्दै स्टाटस लेखेकी थिइन् । त्यो स्टाटस अहिले भाइरल भइरहेको छ । स्टाटस मात्र हैन आफ्नो डिभोर्स एनिभर्सरी मनाउन उनी आश्रम पुगेकी छिन् । उनले पवित्र समाज सेवा नेपालमा गएर त्यहाँ रहेका बालबालिका तथा युवाहरुसँग समय बिताएकी छिन् । उनले शेयर गरेको भिडियोमा बिभिन्न मिष्ठान्न परिकारहरु दिएर बच्चाहरुसँग रमाएको देख्न सकिन्छ ।
डिभोर्स भएर मानसिक रुपमा समस्या भोगिरहेका, अन्यायमा परेका, आफ्ना आवाज उठाउन नसक्ने, घर भित्र रहेर अन्यायमा परेका महिलाहरुलाई सहयोग गर्ने उद्धेश्यले बिशालाक्षी मानव संरक्षण कुटीको स्थापना गरेर संस्थापक अध्यक्ष समेत रहेकी ढकाल पीडीत महिलाहरुको लागि दह्रो खम्बा भएर अगाडी बढ्ने बताउँछिन् । विशेष गरी आजको दिनलाई आफ्नो स्वतन्त्रताको रुपमा मनाएको बताउने ढकालको यो कार्य उदाहरणीय रहेको छ ।
मीना र मनोजका एक छोरा र एक छोरी छन् ।