काठमाडौं । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् ।संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रम र सत्तारुढ दल नेकपा विभाजनका बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । येझाउको यो भ्रमण नेकपा विभाजनपछि चीनको पार्टीका उच्च प्रतिनिधि मण्डलको भ्रमण हो । उनले भ्रमणका समयमा नेकपा विभाजनको कारण बुझ्ने स्रोतले जानकारी दिएको छ ।
उनले केपी ओली,माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई भेट्नेछन् । नेकपाको विवादलाई चीनले निकै चासोपुर्ण तरिकाले हेरिरहेको छ । चिनियाँ राजदुत यान्छीलाई भ्याइनभ्याइ भएको बेला उनीहलाई सहयोग गर्न येझाउ नेपाल आउन लागेको स्रोतले दाबी गरेको छ ।