माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी छन्।
नेपाल निवास कोटेश्वरमा शुक्रबार उनीहरूबीच भेट भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको छ।
यसअघि उनले वर्षमान पुन र कृष्णबहादुर महरालाई भेटिसकेकी छिन् । उनले बिहिवार मात्र पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेकी छिन् ।
नेकपाको टुक्रिने निश्चित जस्तै भएको एकतालाई फेरि चीनले जोगाइदिने अनुमान गरिएको छ । चिनियाँ दूतावासको कुटनीतिक मर्यादा विपरीतको यो भेटको भने सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।
चिनियाँ दूतावास नेकपाका लागि ‘प्रभु’ को रुपमा खडा हुँदै आएको छ । चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।