फिल्म इंडस्ट्रिमा जति अभिनेत्रीको लागी सुन्दरताले महत्व राख्छ त्यती नै महत्व राख्छ अभिनेताको लागी शारीरिक फिट हुनु । यसको लागी बलीउड स्टार्स फिट रहनको लागी जिममा दिन–रात पसिना बगाउँछन्, किनभने फिल्ममा पाउने रोल अनुसार उनीहरुले शरिरलाई घटाउन वा बढाउनु पर्ने हुन्छ ।
यी पाँच अभिनेता बलिउडमा सबैभन्दा धेरै फिट मानिन्छन् ।
विद्युत जामवाल
अभिनेता विद्युत जामवालले फिल्म फोर्स (२०११) बाट बलिउडमा प्रवेश गरेका थिए । फिल्ममा उनी जोन अब्राहमसँगै देखिएका थिए, तर विद्युतले फिल्म जगतमा आफनो पहिचान फिल्म कमाण्डो (२०१३) बाट पाएका थिए । फिल्ममा विद्युतले अचम्ममा पार्ने फाइट र स्टंट गर्दे दर्शकहरुको ध्यान आफुतिर तानेका थिए । यद्यपी, विद्युतले अहिलेसम्म स्टारडमको पहिचान पाउन सकेका छैनन् उनी पनि पछिल्लो समय आफनो फिटनेस र सिक्स प्याकवाला अभिनेतामा चिनिन्छन् ।
ऋतिक रोशन
फिटनेसको सबैभन्दा पहिलो नम्बरमा बलिउडका सुपरहिरो ऋतिक रोशन पर्छन । ऋतिक रोशन निकै अग्ला र ह्याण्डसम लुक पर्सनालिटिका धनि हुन् । त्यसैले उनी आफुलाई फिट राख्नको लागी कहिलेपनि लापरवाहि गर्देनन् र लगातार ब्यायाम उनको दैनिकको रुटिनमा समावेश छ । उनी हलिउड एक्टरलाई समेत मात दिदै विश्वको सबैभन्दा ह्याण्डसम एक्टर २०१८ बन्न सफल भएका थिए ।
जोन अब्राहम
बलिउडका ह्याण्डसम अभिनेता जोन अब्राहम शुरुका दिनहरुमा शारीरिक रुपमा धेरै नै पातला तथा कमजोर देखिन्थे । तर विस्तारै–विस्तारै जोनमा शरिर बनाउने भुत यसरी चढ्यो कि आज उनी सिक्स प्याक भएका अभिनेताको अग्रपक्तिमा छन् । यद्यपी, जोन फिल्ममा कम अंगप्रदर्शन गर्छन तर पनि उनको यो आकर्षक ठुलो बडि देखेर युवतीहरु दिवाना भएका छन् ।
टाइगर श्राँफ
फिट अभिनेताको सुचीमा दोस्रो स्थानमा टाइगर श्राँफ पर्छन । टाइगर बलिउडमा सबैभन्दा फुर्तिला र एक्टिभ अभिनेता मध्येका एक हुन् । टाइगरको फिल्म यदि तपाई हेर्नुहुन्छ भने प्रायजसो खतरनाक स्टंट उनी आफै गर्छन । टाइगरले फिल्म हिरोपंतीबाट बलिउडमा प्रवेश गरेका थिए र त्योबेलादेखी अहिलेसम्म उनी कैयौ एक्शन फिल्ममा आइसकेका छन् । टाइगरको हालै मात्र रिलिज भएको फिल्म वागी–२ मा उनको बडि हेरेर पत्ता लगाउन सकिन्छ कि उनी जिममा कति मेहनत गर्छन ।
रणवीर सिंह
बलिउडका सुपरस्टार रणवीर सिंहको नाम पनि यो लिस्टमा समावेश छ । रणवीर बलिउडका अलराउण्डर अभिनेता मानिन्छन् । उनी आफनो फिल्ममा भन्दा धेरै रियल लाइफको एक्टिभिटिजबाट टिआरपि कमाउछन् । शारीरिक रुपमा उनी त्यती धेरै सिक्स प्याक वाला नभए पनि उनको शरीरले बताउछ कि उनी कति मेहनत गर्छन ।