नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न आउन भनेका छन्।
योहो टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिने क्रममा: प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए।
साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न पनि सुझाव दिएका थिए।
नेता पौडेलले आज केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीलाई तनहुँमा चुनाव लड्न आउन पनि आग्रह गरेका छन्।
‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने।
आफूसँग तनहुँमा प्रतिस्पर्धा गर्न आउन पनि पौडेलले प्रधानमन्त्री ओलीलाई ‘निम्तो’ दिएका छन्।
पौडेलले १७ पटक हार्दा पनि हिम्मत भने हारेका छैनन् ।