नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका ७९ प्रयोगशालामा ६ हजार ५५९ जनाको नमूना परिक्षण गर्दा ४६४ पुरुष र २७९ महिला गरी कूल ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५५ जार ९७९ पुगेको छ । जसमध्ये २ लाख ४६ हजार ६६१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो अवधिमा ९५२ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै ज्यान गुमाउनेको संख्या पनि १८ सय नाघेको छ । आजसम्म १ हजार ८०३ जनाले यही भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्
मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ९६ दशमलव ३६ प्रतिशत निको भएका छन् भने शून्य दशमलव ७० प्रतिशतले ज्यान गुमाएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ मा झरेको छ । जुन कूल संक्रमितको २ दशमलव ९४ प्रतिशत हो ।