नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् ।
साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता टिकाउन चिनियाँ दूतावास निकै नै सक्रिय देखिएको छ । प्रायः नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मर्यादा नै नाघेर नेकपाको एकता टिकाउन सुरुआतदेखि नै प्रयास गर्दै आएकी छिन् ।
यसअगाडी मंसिरको पहिलो साता नेकपाको टुक्रिने निश्चित जस्तै भएको समयमा एकतालाई जोगाइदिन चिनको अहम भूमिका रहेको थियो । उक्त समयमा चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री निवासमा २ घन्टा र भोलिपल्ट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन् ।
यान्छीको उक्त दौडधुप कूटनैतिक मर्यादा विपरित भएको भन्दै नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राजदूत यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी समेत दिएका थिए ।
चिनियाँ दूतावास नेकपाका लागि ‘प्रभु’ को रुपमा खडा हुँदै आएको छ ।
चीनकै कारण तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीचको एकता सम्भव भएको थियो भने पटक पटक टुक्रिनबाट जोगाउँदै आएको छ ।