काठमाडौं– अभिनेता दयाहाङ राईको लवाइ–ख्वाइ, हिँडाइ–बोलाइ हरेक पक्षमा सादापन झल्किन्छ । त्यसैले उनको सादकीपन फिल्मवृत्तमा प्रशंसाको विषय समेत हुने गर्छ ।
जतिसुकै व्यस्त भएपनि, जतिसुकै स्टारडमको सिर्जना भएपनि उनी सधैँ आफूलाई ‘डाउन टु अर्थ’ राख्न चाहन्छन् । उनको यही विशेषता फिल्म क्षेत्रमा उनलाई अभिनयमामात्रै होइन, व्यक्तित्वका हिसाबले पनि फरक हिसाबले चिनाएको छ ।
मंगलबार यिनै अभिनेता ललितपुरको पुलचोकमा पुगेका थिए, नयाँ सैलुनको उद्घाटन गर्न । सैलुनको नाम हो– स्टाइल लाउन्ज युनिसेक्स सैलुन । सैलुन उद्घाटनका क्रममा संचारकर्मीले उनीसँग फेसन, कपाल र स्टाइलका प्रश्न गरे । मन्द मुस्कानसहित उनले जवाफ फर्काए, ‘म त आफ्नै पाराको !’
सैलुनमा भेटिएका फ्यान समेत दयासँग फोटो खिचाउन पाउँदा मख्ख देखिन्थे ।
कतिको स्टाइलिस छन् त दयाहाङ ? हेर्नुस् उनीसँग भिडियोमा गरिएको ‘फेसन गफ’ ?