
काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सो समूहका विद्यार्थी नेता उषाकिरण छन् । माइतीघरमा सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो । उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए । अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै संसद वि’घटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनबाटै संसदको पुर्नस्थापनाका लागि दबाब दिने गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक शैलीमा संसद् विघटन गरेको निष्कर्ष निकाल्दै सडकमा आन्दोलनमा जाने निर्णय लिएको हो ।
