ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार राति मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो।
ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गएराति सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समाचार तयार पार्दासम्म ज्यान गुमाएका व्यक्तिको परिचय खुल्न सकेको छैन ।
सिसिटिभी क्यामेराको सहयोगमा ठक्कर दिने मोटरसाइकल बारेमा जानकारी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।