नेपाल कम्युनिस्ट पार्टी फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ ।
नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । वामदेव गौतम भने कुनै गु’टमा नरहेको सन्देश दिन थालेका छन् ।
स्रोतका अनुसार उनी छुट्टै दल खोल्ने तयारीमा लागिसकेका छन् । ओली र प्रचण्ड दुवैको अलग दल भएमा गौतमको पनि अलग दल हुने बु’झिएको छ । तर, गौतम अहिलेको सरकारमा सहभागी हुने या नहुने निश्चित भएको छैन । उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको प्रस्ताव आएको छ । त्यसमा उनी सकारात्मक बन्दै गएको बुझिएको छ ।