राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा विघटित प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरको मेडिसिटी अस्पतालमा करिब १० दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन् ।
निमोनियाका कारण सिकिस्त भएपछि उनलाई मंसिर २५ गते बेलुका झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । त्रिभुवन विमानस्थलबाट सोझै ललिपुरको मेडासिटी अस्पताल पुर्याइएका लिङ्देन त्यहाँ १० दिन बसेर घर फर्किएका छन् ।
काठमाडौं ल्याउनुअगावै उनलाई झापाको कञ्चनजंघा अस्पताल र विएण्डसी मा उपचार गरिएको थियो ।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज घर फर्केको छु । मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’