नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले चालेको कदम गलत भएको बताएका छन् ।
गौतमले आज एक विज्ञप्ती जारी गरी नेपाकाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ससंद्को कार्यालय दुई बर्ष बाँकी हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गाउने कदम गलत र भर्त्सना योग्य भएको बताएका हुन् ।
गौतमले यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतन्त्रिक गणतन्त्रका सम्पूर्ण मुल्य मान्यतालाई समाप्त पार्ने उल्लेख गरेका छन् ।
आज बिहान केपी शर्मा ओली संसद् विघटन गर्न सिफारिस बोकेर शितल निवासतिर लागेपछि असन्तुष्ट नेकपाका शीर्ष नेताहरु खुमलटारमा भेला भएका भएका थिए । नेकपाका उपाध्यक्ष गौतमसहित भेला भएका सदस्यहरु नेकपाको स्थायी कमिटी बैठकको लागि बालुवाटार आइनपुग्दै राष्ट्रपतिबाट संसद् विघटन गरिएको सूचना सार्वजनिक भएको हो ।