नेपाली कलाकारिता क्षेत्रमा आफ्नो सुनौलो भविष्य बोकेर एउटा उत्कृष्ठ सम्भावना सहित सार्वजानिक भएको एउटा कलाकार हो शुशील तामाङ्ग । लामो समयको संघर्ष पछी अब्बल कलाकारको रुपमा उनि चिनिन थालेका छन्।
नृत्य र अभिनयमा पोख्त सुशील द्वारा अभिनित तेस्रो म्युजिक भिडियो भर्खरै मात्र नेपाली साँगीतिक बजारमा सार्वजानिक भएको छ। प्रख्यात गायक सनुप पौडेलको समधुर स्वरमा रहेको जाली जिन्दगी नामक म्युजिक भिडियोमा सुशीलको दमदार अभिनय देख्न सकिन्छ। एउटा पागल प्रेमीको भूमिकामा सुशीलको अभिनयले जो कोहीको पनि आंखा रसाईदिन्छ।
प्रकाश बिष्टको भावुक मन छुने शब्दलाई युवा पुस्ताका चर्चित संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका छन। नबिन बाबु गुरुङको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोमा सुशीलसंग नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रंजित गुरुङले अभिनय गरेकी छिन्। भिडियोको कथा अनुसार यी दुईको जोडी र अभिनयको जतिनै बयान गरे पनि कमी हुन् सक्छ।
टुबेल नोट्सले बजारमा सार्वजानिक गरेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो। गीत र भिडियो जातिले हेर्छन राम्रो सोचेर राम्रो मनले हेर्नेमा ढुक्क रहेको निर्माण पक्षले बताएका छन्। बरिष्ट सम्पादक तथा निर्देशक प्रविण श्रेष्ठको सम्पादकीय कलाले यस म्युजिक भिडियोले झनै पूर्णता पाएको देखिन्छ भने यो गीत र भिडियोले नेपाली दर्शक स्रोताको मन जित्नेमा विश्वस्त हुन सकिन्छ।