सरकारले अनुमति दिएपछि ठमेलका रात्रिकालीन व्यवसाय मंगलबारदेखि संचालनमा आउने भएको छ।
ठमेल पर्यटन विकास परिषदका अनुसार सरकारले अनुमति दिएपछि यहाँका रात्रिकालिन व्यवसायहरू खुल्न लागेका हुन्।
परिषद्का अनुसार ठमेलमा रहेका पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल सञ्चालनमा आउने भएका हुन् । ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालन गरिने भएको छ ।
व्यवसायीहरुले रातको १२ बजेसम्म मात्र नभएर पहिलेको जस्तै रातभर संचालन गर्न पाउने माग गरिरहेको परिषदले जनाएको छ।