काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो तल खसेको छ ।
ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्याकरको सहायताले उठाइएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान पौने ५ बजे नारायणटारबाट दक्षिणढोका जानेक्रममा जीप खसेको हो।
बौद्धका प्रहरी निरीक्षक नविनकुमार अधिकारीका अनुसार जीप खस्दा दोलखाका ३० वर्षीय चालक रविन तामाङलाई सामान्य चोटपटक लागेको छ।
उक्त गाडीमा चालकसहित पाँच जना सवार थिए।
प्रहरी निरीक्षक अधिकारीका अनुसार सो जीप काठमाडौं- दोलखा चल्ने गाडी हो।
जीपमा सवार सबै जना सकुशल छन्। त्यस्तै गाडीको भने सीसा फुटेको छ। अहिले सो गाडी हटाइसकेको छ।