२०७७ साल मार्गशीर्ष शुक्लपक्ष पुष ४ गते शनिवार पंचमी तिथि धनिष्ठा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि–रमाइलो यात्राहुने छ । काममा अवरोध हुने र अनावश्यक खर्च बढ्नेछ । मन चञ्चल र दुविधाग्रस्त रहला । काममा परिवारको सहयोग जुट्नेछ । अध्ययनमा मन जानेछ । नयाँ काम सन्तोषजनक रहला । समयमै निर्णय लिन नसक्दा हात परेको काम समेत गुम्ने सम्भावना छ ।
बृष राशि–घुमघाम र मनोरञ्जनमा खर्च हुनेछ । पारिवारिक भेटघाट होला । नोकरी सन्तोषजनक रहनेछ । काम गर्ने जाँगर हराउन सक्छ भने परिश्रम गर्न तर्फ मन लाग्नेछैन । रोकिएका काम बन्नेछन् । मानसम्मान प्राप्त होला । आकस्मिक धन आर्जन हुनेछ । वैदेशिक क्षेत्रका अधुरा काम पनि बन्नेछन् ।
मिथुन राशि–झगडामा अघि नबढ्नु होला । झूटा आरोप लाग्न सक्छ । स्वास्थ्यमा बाधा देखिएला । आर्थिक कारोबारमा वृद्धि हुनेछ । व्यापारमा लाभ हुनेछ । दिनको अन्त्यमा काम बन्नेछन् । पढाइमा पनि प्रगति हुनेछ ।मनोरञ्जनका कुरामा खर्च हुनेछ । पारिवारिक भेटघाटका साथै प्रियमित्रसँग भलाकुसारी हुनेछ ।
कर्कट राशि– रोकिएका काम बन्नेछन् । मान सम्मानका साथै आकस्मिक धन आर्जन हुनेछ ।काममा जोश र जाँगर बढ्नेछ । दाम्पत्य जीवन सुखदायी रहनेछ । सीपमूलक कार्यबाट फाइदा हुनेछ । व्यवसायबाट मनग्ये लाभ हुनेछ । पेयपदार्थ तथा सजावटका सामग्रीको व्यापार फस्टाउनेछ । स्वस्थ्यमा सुधार हुनेछ ।
सिंह राशि– आफन्तसँग मनमुटाव हुन सक्छ । आरोप लाग्न सक्छ सावधान रहनु होला । व्यवसायमा भने उपलब्धि हुनेछ । साझेदारी काममा विवाद हुन सक्छ । रमाइलो यात्रा हुनेछ । प्रियजनसँग भेट हुनेछ । अध्ययनमा कम रुचि रहला । रोकिएका काम बन्नेछन
कन्या राशि–नयाँ काम सुरु हुने छ । बसाइ परिवर्तन हुनसक्छ । नोकरीमा पदप्रतिष्ठा बढ्नेछ । आर्थिक सङ्कट टर्नेछ । सवारी साधनबाट सुख मिल्नेछ । रमणीय यात्रापनि हुनेछ । व्यापारबाट यथेष्टलाभ हुनेछ । आफन्तको सहयोग रहनेछ । शिक्षामा प्रगति होला ।काममा ढिला सुस्तीहुन सक्छ ।
तुला राशि– बोलीको प्रभाव बढ्ने छ । धर्मकर्ममा मन जाला । भाग्यले साथ दिनेछ ।नयाँ रोजगारीका कुराले सन्तोष मिल्नेछ । मित्रबाट सहयोग प्राप्तहुनेछ । व्यापार व्यवसायबाट मनग्ये धन लाभ हुनेछ । सामाजिक कार्यबाट प्रशंसा पाइनेछ । यात्रा शुभ हुनेछ ।अनावश्यक खर्चमा भने सावधान रहनु होला ।
बृश्चिक राशि– राम्रो समय छ । व्यापार फस्टाउने छ । काममा सजिलै सफलता मिल्नेछ । आलोचना गर्नेहरुसंग भने सावधान रहनु होला । मुद्दा मामिलामा जित हुनेछ । आर्थिक उन्नतिका मार्गहरु खुल्नेछन् । परिवारमा सुख शान्ति छाउनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।प्रियजनको साथले काम बन्नेछ ।
धनु राशि– पराक्रम बढ्नुका साथै कममा प्रशंसा मिल्नेछ । नयाँकाम पाइने योग छ । स्थान परिवर्तनको सम्भावना पनि छ, सरुवा बढुवा हुन सक्छ । प्रेम प्रसङ्गमा नयाँ मोड आउन सक्छ । स्वास्थ्य गडबड रहने कारण खानपानमा सचेत रहनुहोला । यात्रा रमाइलो रहनेछ । साझेदारी काममा विवाद हुन सक्छ ।
मकर राशि–आफन्तको सहयोग बाट काम बन्नेछन् । वैदेशिक क्षेत्रका काममा सफलता पाइनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । वस्त्र, गर गहना सम्बन्धी लाभ हुनेछ । जागिरमा पदप्रतिष्ठा बढ्नेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । अध्ययन अधुरो रहला । व्यापार व्यवसायबाट लाभ हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । भूमि वाहनको लाभहुन सक्छ ।
कुम्भ राशि–काममा ढिलासुस्ती हुन सक्छ । अनावश्यक काममा समय खर्च हुनेछ । आफन्तमा मनमुटाव हुन सक्छ । शरीरमा आलश्यता बढ्ने तथा मन चिन्तित रहनेछ । शिक्षामा प्रगति हुनेछ । गलत व्यक्तिको सङ्गतमा फँस्ने सम्भावना छ । साझेदारी कामबाट फाइदाहुनेछ । मित्रजनबाट सहयोग हुनेछ ।
मीन राशि– आम्दानीका स्रोतहरु बढ्नेछन । नयाँ क्षेत्रमालगानीहुनेछ । अध्ययनमाजाँगर बढ्नाले शिक्षाएवं बौद्धिक क्षेत्रमाप्रगतिहुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । घरायसी काम काजमा सन्तोष मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । रोगको प्रकोप हट्दै जानेछ । पारिवारिक सम्बन्ध मजबुत रहनेछ ।