मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् ।
यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् ।
प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए ।
यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् ।
नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ ।
यसबाट कलाकार के अछूतो रहन सक्थे र !
अझ पछिल्लो समय कलाकारले भटाभट बिहे गरिरहेका बेला उमेर पुगेका नायिकाहरुलाई बिहेको दबाब नआउने कुरै भएन ।
नायिका बेनिशा हमालले आफूलाई केही वर्षयता परिवार र आफन्तबाट बिहेको दबाब आइरहेको बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा उल्ल्खेख गरेकी छिन् – तपाईं कसैसँग सम्बन्धमा भए या नभए पनि एक महिलालाई बिहेको दबाब आउँछ । मैले पनि ३ वर्षदेखि यस्तै दबाब महसुस गरेकी छु । कहिलेकाहीँ त तनाव पनि हुन्छ ।
यसलाई कतिपयले बेनिशाले पनि बिहे गर्ने सोच बनाएको टिप्पणी गरेका छन् । कतिले भने उनलाई बिहे गर्न सुझाव समेत दिएका छन् ।
बेनिशा केही समययता निर्माता रौनक विक्रम कँडेलसँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गर्छ ।