काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो । बिहिबार पनि तोलामा ४ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८५० निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।