पत्रकार ऋषि धमला पत्नी एवं अभिनेत्री एलिजा गौतमले गरिब तथा बिपन्न परिवारका लागि सहयोगी हात अघि बढाएकी छन् ।
‘अनुराग’ एक्ट्रेसले आफ्नो जन्मदिनको छेको पारेर देशका ७७ वटै जिल्लामा घर बनाइदिने घोषणा गरेकी छन् ।
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा उनले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएकी हुन् ।
उक्त निर्माण कार्यमा “हातमा हात र काँधमा काँध मिलाएर” सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा हार्दिक अनुरोध गर्दै एजिजा लेख्छिन् “अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?” ।
उनले फेसबुकमा लेखेकी छन्, ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दशरदश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।
फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाएर यस सामाजिक कार्यको लागि सहकार्य गरौं । ‘अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?’ भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’