एजेन्सी । २०२० साल बलिउडको लागि अत्यन्तै खराब बन्यो । बलिउडले ऋषि कपुर, इरफान खान,सुशान्त सिंह राजपुत लगायतका कयौं कलाकार गुमायो । अहिले बलिउड अभिनेता लक्ष्मिकान्त बेर्देले ज्यान गुमाएका छन् । उनले बलिउडको सुपरहिट फील्म ‘हम आपके हे कौन’ फिल्ममा लल्लु (नोकर)को भूमिका थिए ।
उनले फिल्ममा साना साना रोलमा पनि एकदमै मिहिनेत गर्दथे । तर उनको केबल ५० वर्षको उमेरमा नै निधन भयो । १६ डिसेम्बर २००४ मा गम्भीर रोगको कारण उनी यस संसारबाट बिदा भए । लक्ष्मिकान्तलाई बाल्यकालदेखि नै अभिनयमा रुचि थियो । उनी मध्यमर्वीय परिवारका थिए ।
विद्यालयमा पनि उनी नाटकहरुमा भाग लिन्थे । उनी आफ्ना मराठी साथीहरुसँग निर्माण कम्पनीहरुसँग नजिकिन थाले । त्यसपछि उनलाई मराठी फिल्ममा साइड रोल मिल्यो । उनलाई मराठी फिल्म ‘तूर तूर’मा काम मिल्यो । उनी यस फिल्ममा मुख्य भूमिकामा देखा परेपछि उनले ठूला ठूला स्टारहरुलाई आफ्नो कमेडिको जादूले पछि पारे । ‘तूर तूर’ सुपरहिट भएपछि उनलाई काम मिल्न थाल्यो । हेर्दाहेर्दै उनी मराठी फिल्ममा कमेडि किंग बने ।
फिल्म ‘धूम धडाका’ले उनलाई रातारात स्टार बनाइदियो । मराठी र हिन्दी गरी उनले २०० भन्दा बढी फिल्ममा काम गरे । जब हिन्दी फिल्ममा उनले काम गर्न थाले तब त्यहाँपनि उनी जम्न थाले । उनले सन् १९८९ मा हिन्दी फिल्म मेने प्यार किया बाट डेब्यु गरे । यो सलमान खानको दोस्रो फिल्म थियो ।