विश्वकै चर्चित एडल्ट वेबसाइट पोर्नहबले आफ्नो साइटबाट लाखौं भिडियो हटाएको छ ।
वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । द गार्डियनका अनुसार सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा भिडियोको संख्या १ करोड ३० लाख थियो ।
नेपाली नायिकाहरुको केही भिडियो क्लिपपनि उक्त एडल्ट साइटमा राखिएको पाइएको थियो । नेपाल सरकारले विभिन्न एडल्ट साइट बन्द गर्ने क्रममा उक्त साइट बन्द गरेतापनि नेपालमा भिपिएनको प्रयोगबाट उक्त साइट हेर्नेको संख्या उल्लेख छ । एकिन तथ्यांक प्राप्त नभएतापनि दैनिक रुपमा नेपालमा उक्त साइटमा लाखौंको संख्यामा भिजिट हुने गरेको अनुमान गरिएको छ ।
पोर्नहबमाथि यसअघि नाबालिग र यौ-न तस्करीको शिकार भएका माहिलाको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्ने गरेको थियो ।
यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको दावी गरिएको थियो । त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए ।
पोर्नहबमा अब भेरिफिकेसनबिना भिडियो अपलोड गर्न पाइने छैन । कम्पनीले एक बयानमा साइटका सबै कन्टेन्टको लागि भेरिफिकेसनको शर्त लागू भएको बताएको छ ।