प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन र संवैधानिक परिषदको नियुक्तिमा पेलेरै जाने निष्कर्षमा पुगेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घेरावन्दीमा परेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामेदव गौतमको समूहले घेराबन्दी गरेपछि ओली कठोर निर्णयका साथ पेलेर मन्त्रिपरिषदबाट संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश सिफारिश गर्ने निर्णय गरेका छन् । जुन लगत्तै राष्ट्रपतिबाट जारी भएको छ ।
यसअघि प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा अनुपस्थित हुँदा दश महिनादेखि संवैधानिक परिषद् बैठक बस्न सकेको थिएन । देउवाले लगातार बहिष्कार गरेपछि गत बैशाखमा सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्को बैठकसम्बन्धी कानुन नै संशोधन गर्न खोजेको थियो ।
आज साँझ बस्ने परिषद बैठकबाट ओलीले अख्तियारलगायतका निकायमा नियुक्ति दिने तयारी गरेका छन् । अब प्रचण्डनिकट सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि नियुक्ति गर्न मिल्ने हुन्छ ।
ट्विटरमा राम राज शर्मा लेख्छन् :”क्यान्टोन्मेन्ट घोटला छानबिन गर्ला अख्तियारले भन्ने चिन्ता छ प्रचण्डलाई, ओलीले अख्तियारमा प्रचन्ड र यिनका समुहलाई तह लाउने मान्छे ल्याउन सक्छन जो ठिकै हुनेछ ”
सापकोटा परिषदको बैठकमा दुईपटक अनुपस्थित भए ।
लगातार दुईपटक संवैधानिक परिषद् बैठक ‘बहिष्कार’ गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाको संवैधानिक भूमिकामाथि विज्ञहरुले प्रश्न उठाएका छन् ।
ओलीले पेलेरै बढ्ने तयारी गरेपछि प्रचण्डको पनि आफ्नै तयारी छ । उनले आकस्मिक रुपमा आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका छन् । उनले ओलीविरुद्ध कडा कदम चाल्ने बुझिएको छ ।