२०७७ साल मार्गशीर्षशुक्लपक्ष मंसिर ३० गते मंगलवार प्रतिपदा तिथि मूल नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष राशि–तपाईंको क्षमताको अरुले पनि फाइदालिने समय छ । समयको सहि सदुपयोग गर्न सके यथेष्ट लाभलिन सकिनेछ । निर्माणको काम गर्नुहुनेहरुका लागि आज राम्रो समय छ । नयाँ ज्ञान प्राप्तहुने विशेष शुभकार्यमा सामेल हुनु पर्ला ।
बृष राशि–बौद्धिक तथा सिर्जनात्मक काममा जुट्ने अवसर मिल्नेछ । आर्थिक कारोवार गर्दा सावधान रहनु होला । तपाईंको कुनै महत्वपूर्ण उपलब्धि हुने देखिन्छ । बिग्रन लागेका कामहरु पनि सम्पन्न भएर जानेछन् । भाग्योदयको लागि उपयुक्त समय आएको छ प्रयास भने जारी राख्नु होला ।
मिथुन राशि–काममा लाभ अवश्य मिल्ने छ । काम गराईमा भरपुर मन लगाउने कोसिस गर्नु होला । इज्जत वृद्धि गराउने काम सम्पन्न हुनेछ । इलेक्ट्रेनिक सामग्रीको काममा नसोचेको फाइदा होला । आज कुनै नयाँ ठाँउको यात्रामा रमाइनेछ । नयाँ कामको जिम्मेवारी लिनुपूर्व राम्ररी बिचार पुर्याउनु होला ।
कर्कट राशि–भविष्यका लागि राम्रो काम हुने समय छ । साथिभाइले खर्च गर्नमा उक्साउन सक्छन् । तरल पदार्थको कामले यथेष्ट फाइदा गराउनेछ । सन्तान र परिवारबाट उचित सहयोग मिल्ला । समाजको नेतृत्ववहनको सुअवसर आउन सक्छ । अरुले गरेका काममा तपाईंको सहभागिता महत्वपूर्ण होला ।
सिंह राशि–दिनभरी नै व्यापार व्यवसायमा राम्रो आय होला । बौद्धिक तथा सिर्जनात्मक कामप्रति रुचि बढ्नेछ । काममा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । विद्यार्थी वर्गका लागि अनि कर्मचारि वर्गका लागि दिन धेरै नै अनुकुल छ ।
कन्या राशि–सरकारी पक्षको सहयोगमा कामहरु बन्ने छन् । गरेका कामको सही मूल्याङ्कन हुनेछ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभ मिल्ला । उपहार पुरस्कार आदि पनि प्राप्तहुनेछ । कलाकारिताको क्षेत्रमा प्रवेश गर्न सके पछि राम्रो प्रगतिहुने देखिन्छ ।
तुला राशि–यात्रामा सजगता अपनाउनु होला । प्रेम प्रसंगका कुरामाभने घर परिवारको राम्रो सहयोग मिल्नेछ । तरलपदार्थको काममा राम्रो हुनेछ । बौद्धिक ज्ञानको वृद्धि हुनेछ । आंशिक रुपमाहुने कमाईले थोरै भएपनि मन सन्तोष रहला । खेलकुद क्षेत्रमा समय राम्रो छ ।
बृश्चिक राशि–कुनै उपहार तथा शुभ समाचार सुन्नाले मन गदगद् हुनेछ । भवन निर्माण तथा सञ्चारसंग सम्बन्धित कामको अनुकूल वातावरण मिल्नेछ । धेरथोर दान–पुण्य गर्न सके मानसिक सन्तुष्टि मिल्नेछ । कर्मचारी वर्गकालागि आज धेरै राम्रो रहनेछ ।
धनु राशि – खर्चगर्दा बडो होश पुर्याउनु होला । पारिवारिक तथा इष्टमित्रको सहयोग राम्रैसंग मिल्ने छ । आर्थिक कुराको अभाव हुनसक्छ । शिक्षा सङ्गित र कला क्षेत्रमा राम्रै प्रगति हुने देखिन्छ । ऐतिहासिक ठाउँको यात्राहुने संभावना रहेको छ । संचारको क्षेत्रबाट आंशिक लाभ होला ।
मकर राशि– सामाजिक तथा साँस्कृतिक कार्यक्रममा रमाउन पाइएला । नशालु पदार्थबाट सावधान रहनु पर्ने समय छ । आम्दानी रामैसंग होला । खानपिनका बिभिन्न परिकार प्राप्त होलान् । आज जग्गाजमिनको कारोबार बाट पनि राम्रो मुनाफा हुनेछ ।
कुम्भ राशि–मन लगाएर काममा सक्रिय रहनु होला । कसैको स्वास्थ्य उपचारमा समय र धनखर्च पनि गराउने समय छ । कलाकारहरु लागि आज रमाइलो रहनेछ । हतारमा कुनै पनि कुराको निर्णय नलिनु होला । दिनको अन्त्यमा कामप्रति जाँगर हराएर जान सक्छ ।
मीन राशि– समाजसेवामा लाग्ने समय छ । आफ्नो कामबाट दिक्क लागेर पेशा परिवर्तन गर्ने चाहना मनमा आउला । विपरित लिङ्गि साथीहरुको सहयोग र हौसलाले अधूरा काममा सफलता प्राप्त हुने देखिन्छ । दिनको अन्त्यमा कतैबाट कुनै अशुभ समाचार पनि सुन्नु पर्ला ।