गुगलका मुख्य सेवाहरु विश्वभर बन्द भएका छन् ।
नेपालसहित विश्वका केही मुलुकमा सोमबार अपराह्न ५ बजेपछि जीमेल, युट्युब, प्लेस्टोरसहित गुगलका सेवाहरू ठप्प भएका छन् ।
भारतिय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएअनुसार विश्वभर नै गुगलका सेवाहरु बन्द भएका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा युट्युव र जिमेल नचलेको भन्दै धेरै प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् ।
केहीदिन अघि फेसबुकको म्यासेन्जरमा यस्तै समस्या आएको थियो ।
यो समाचार तयार पार्दासम्म गुगलले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
डाउनडेक्टरका अनुसार ११:५६ जीएमटी समयदेखि विश्वभरका प्रयोगकर्ता प्रभावित बनेका हुन् ।