प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुसन कर्माचार्यको परिवारले भेटवार्ता गरेको छ।
याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र ह/त्या गर्न खोजिएको भन्दै कर्माचार्य आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् ।
प्रधानमन्त्री ओलीसँग दिउँसो ३ बजेदेखि ३:४५ बजेसम्म यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।
कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । एकअर्कालाई मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ’ भनेर सम्झाएको सुसनका पति लक्ष्मणले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।
मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत…
Posted by Laxman Krishna Rajbhandari on Sunday, December 13, 2020