साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
विगत ४ दिनदेखि निरन्तर एउटै मूल्यमा किनबेच भएको सुनको मुल्य आज भने सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ४ सय र तेजावी सुन तोलाको ९१ हजार ९५० मा कारोबार भैरहेको छ ।
विगत ४ देखिदेखि सो मुल्य १ सय बढी थियो ।
मंसिर महिना बिहेको महिना पनि भएको हुँदा यो महिनामा अलिक बढी सुनको कारोबार हुने गर्दछ ।
लकडाउनपछि सुस्त रहेको सुनबजार विस्तारै चलायमान हुन थालेको काठमाडौंको मैतिदेवीमा सुन पसल संचालन गर्ने सुवास लकान्द्रीले केटिएम दैनिकलाई बताए ।