काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका स्वर्गीय नेता कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाका अनुसार बैठक अब पुस १ गते बस्नेछ । थापाका अनुसार आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो ।
सचिवालय बैठकले स्थायी कमिटी बैठकमा अध्यक्षद्वयकै प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको थियो । त्यस्तै २१ गते बसेको सचिवालय बैठकले पनि दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने भन्दै प्रिन्ट गरेर अध्ययनको लागि वितरण गरेको थियो । ओली भने सो बैठकमा उपस्थित भएका थिएनन् । प्रचण्डको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै उनले बैठकमा उपस्थित नहुने बताउँदै आएका थिए ।
तर, आजको बैठकमा शोक प्रस्ताव पेश गर्ने र पारित मात्रै हुने भएपछि ओली सहभागि भएको बताइएको छ ।