साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
गत बिहीबार अर्थात मंसिर २५ गते तोलामा ९२ हजार ५ सय मा कारोबार भएको सुनको मूल्य, त्यसपछिका दिन अर्थात शुक्रबार, शनिबार र आज आइतबार पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।
शनिबार नयाँ मुल्य निर्धारण नहुने हुँदा शुक्रवार तय भएको मूल्यमा नै सुनचाँदीको कारोबार हुने गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय र तेजावी सुनको मुल्य ९२ हजार ५० मा कारोबार भैरहेको छ ।
सुनको मुल्यसँगसँगै चाँदीको मूल्य पनि विगत ४ दिनदेखि तोलाको १२ सयमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
मंसिर महिना बिहेको महिना पनि भएको हुँदा यो महिनामा अलिक बढी सुनको कारोबार हुने गर्दछ ।
लकडाउनपछि सुस्त रहेको सुनबजार विस्तारै चलायमान हुन थालेको काठमाडौंको मैतिदेवीमा सुन पसल संचालन गर्ने सुवास लकान्द्रीले केटिएम दैनिकलाई बताए ।