नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका बर्षा राउतको आज जन्मदिन परेको छ । आज नायिका बर्षाले आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । २०४९ साल मंसिर २८ गते सिन्धुली जिल्लामा जन्मेकी वर्षा पछिल्लो समयकी चर्चित नायिका हुन् ।
आज उनको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षाले हालसम्म धेरै फ्यानहरु कमाइसकेकी छिन् । चलचित्र नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा उनका हिट चलचित्र हुन् ।
४ वर्षको अवधिमा वर्षाले १२ वटा चलचित्रमा काम गरेकी छन् ।
पछिल्लो समयमा भने उनलाई केही म्यूजिक भिडियोहरुमा पनि देख्न सकिन्छ ।
नेपाल भारत सीमाबारेमा उनले दिएको अभिव्यक्ति निकै विवादास्पद भएको थियो ।