काठमाडौंको डिल्लीबजारमा दुर्घटना भएको छ ।
मापसे गरी चलाएको एक मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रु गम्भिर घाइते भएका छन् ।
प्रदेश ३-०२ ००१ प ५७३१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदलयात्रुलाई कालिकास्थानबाट डिल्लिबजार घुम्ने टर्निङ्गमा ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट कैलाली घर भई लाजिम्पाट बस्ने अन्दाजी वर्ष २५ को मेघनाथ चौधरी गम्भिर घाइते भएका छन् ।
चौधरी डिल्लीबजारमा अवस्थित विजय स्मारक स्कुल नजिकै रहेको साथिको डेरामा बस्नको लागि लाजिम्पाटदेखि डिल्लीबजार आएका थिए ।
घाइते चौधरीलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ भने मापसे गरी मोटरसाइकल चलाएका व्यक्तिको परिचय खुलेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नआइकन अस्पताल लान मिल्दैन भनेर भिडमा जम्मा भएका व्यक्तिहरुले भन्न थालेपछि घाइते भएर भुईमा लडेका चौधरीलाई १५ देखि २० मिनेटपछि मात्र अस्पताल लगिएको हो ।