अहिले सामाजिक संजालमा एक विवाहित जोडीको तस्विर चर्चामा छ ।
तस्विर चर्चामा हुनुको कारण हो बेलुका भएका पुरुषको उमेर । पूर्व इन्जिनियर समेत रहेका ८४ वर्षिया पुरुषले ६५ वर्षिया महिलासँग लगनगाँठो कसेपछि उक्त जोडीको तस्विर सामाजिक सञ्जालमा चर्चामा आएको हो ।
ट्विटरमा साढे ३ लाख र फेसबुकमा झण्डै ७५ हजार फ्लोअर्स रहेका मुकुन्द घिमिरेले उक्त तस्विरलाई भाइरल बनाउन सहयोग गरेका थिए ।
चौरासी वर्ष पुगे पनि तरुणी स्वास्नी पाइन्छ, आधा उमेरका #मुकुका पछिपछि केटीहरुको लाइन छ। pic.twitter.com/hVZq5XlI3d
— Mukunda Ghimire (@Mukunda_dai) December 11, 2020
आज हामी तिनै जोडीको बारेमा थप जानकारी लिएर आएका छौं ।
लामो समय एकल जिवन बिताएका इलामको पिपलबोटेका ८४ वर्षीया इन्जिनियर मित्रलाल भट्टराईले बेहुली भित्र्याएका छन् । उनले ६५ वर्षीया महिलालाई बेहुली बनाएका हुन् । भट्टराईले नेपालगञ्ज नगरपालिकाकी पूर्वसरकारी जागिरे मालती आचार्यलाई बेहुली बनाएका छन् ।
श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उनले वृद्धअवस्थामा साथीको आवश्यकता परेकाले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमाडौंमा सरुवा भएका थिए । उनी सिडीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् ।
२०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निधन भएको हो ।
दुवै जनाको मन मिलेर एकअर्काको सहाराका लागि बिहे गरेको भए पनि सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै उनले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् । उनका एक आफन्तले भने, ‘उहाँहरु एकअर्काको सहारा बन्नुभएको छ । यो जीवन उहाँहरु आफैले रोज्नुभएको हो । यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।’
साथै दम्पत्तिले नकारात्मक टिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् । हरेक मानिसलाई जीवनमा सहारा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउनेलाई नै थाहा हुन्छ । त्यसैले यस्ता कुरालाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ’ उनले भनेका छन् ।