२०७७ साल मार्गशीर्ष कृष्णपक्ष मंसिर २७ गते शनिवार द्वादशी तिथि विशाखा नक्षत्र चन्द्रमा तुला राशिमा ।
मेष राशि : दाजुभाइसँगको सम्वन्ध सुधार भएर जानुका का साथै पराक्रम बढेर जानेछ । सानो वा थोरै प्रयासमा पनि राम्रो सफलता हातपार्न सकिनेछ । आफूले गरिरहेको कर्ममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पत्ति प्राप्त गर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुन राशि : व्यक्तित्वको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मान्छे तपाइप्रति प्रभावित हुनेछन् । स्वास्थ्यमा कुनै समस्या थियो भने सुधार भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।
कर्कट राशि : दैनिक जिवनमा देखिएका समस्या हटेर जानुका साथै विदेश सँग सम्वन्धित काम अगाडी बढ्ने देखिन्छ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । धन आगमनको नयाँ बाटझ पत्ता लाग्न सक्छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पत्तिबाट लाभ प्राप्तगर्न सक्नुहुनेछ । घरमा सामान्य कलहको वातावरण बन्न सक्ने हुनाले सजगता अपनाउनु नै उत्तम होला । रोजगारमा प्रशंसा मिल्नेछ ।
कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै आफूले गरिरहेको कर्ममा केही बाधा अर्डचन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने टरेर जानेछ ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्यजीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै संका कम भएर जानेछ जसले सम्वन्ध पहिलाको भन्दा मजबुद बनाउन सहयोग पुर्याउनेछ । चौपाया तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ त्यसैले यात्रा गर्दा अलिक विचार पुर्याउनु नै उत्तम देखिन्छ । शत्रुको कारण काममा केही बाधा अड्चन आउने देखिएको छ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झै झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै श्रीमान् श्रीमतीबिच अविश्वासको वातावरण बन्दा दाम्पत्य जीवनमा कलहको स्थिति सिर्जना हुन सक्ने देखिएको छ ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलिक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटी दिएको धन फिर्ता नआउनाले ऋण वृद्धि हुने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहन बाट दु:ख पाउन सकिन्छ । घरका सदस्यहरुमा देखिएको स्वास्थ्यको समस्याले गर्दा सोचेभन्दा बढी आर्थिक क्षति हुनसक्ने देखिएको छ ।