लामाे समयपछि आफ्नाे गृह जिल्ला प्यूठानमा रहेका चर्चित ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले सरकारले ताेकेका सम्पूर्ण मापदण्ड अपनाउदै उनलाई भेट्न आउनेहरू लाई भेटघाट गर्न थालेका छन् ।ज्याेतिष तथा वास्तु सम्बन्धि विभिन्न समस्या हरु लिएर भेटघाट गर्न चाहनेको उच्च माग भएपछि सरकारले ताेकेका सम्पूर्ण मापदण्ड पुरागरी भेटघाट थालिएको ज्याेतिषी रिजाले जानकारी गराएका छन् ।
केही महिना प्यूठान बसाइका क्रममा उनले कसैसँग भेटघाट गरि उचित परामर्श दिन नसकिएकाे वताएका थिए । बढ्दो सङ्क्रमणका कारण भेटघाट गर्न नसकिएको पारिवारिक स्राेतले जानकारी गराएकाे थियो । ज्याेतिषी रिजाल सन् २०१९ मा बंगलादेशको ढाकामा भएकाे अन्तर्राष्ट्रिय सम्मेलनमार्फत दक्षिण एसियाली ज्याेतिष महासंघ राष्ट्रिय समिति नेपालकाे महासचिवमा निर्वाचित भएसंगै उनकाे लाेकप्रियता बढ्दै गएकाे हाे ।
छाेटाे समयमा अन्तर्राष्ट्रियस्तरको सफलता हात पर्ने उनी लुम्बिनी प्रदेशकै पहिलाे व्यक्ति हुन । नेपाल संस्कृत विश्व विद्यालयबाट ज्याेतिष र वस्तुमा उनले आचार्य पूरा गरिसकेका छन् । उच्च शिक्षाका लागि उनेले जर्मनमा गएर पढ्ने साेच बनाएकाे पनि पारिवारिक स्राेतले जानकारी गराएकाे छ ।
विशेषगरी ज्याेतिष तथा वास्तु सम्बन्धि विषयमा परामर्श लिन आउने हरुले लामाेसमय पछि भेट्ने अवसर प्राप्त गरेका हुन । जिल्लामा यस सम्बन्धि अध्ययन गरेका काेही नभएकाले उनकाे माग उच्च भएकाे हाे ।
भविष्यको उचित मार्गदर्शनका लागि उनीसँग परामर्श गर्नआउने तथा नयाँ जग्गा या घरबनाउने हरु विशेषगरी वस्तुसम्बन्घि जानकारी लिनका लागि आउने गरेकाे जानकारी गराईएकाे छ ।
सम्पर्क ९८५१०६११२४