राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनको ललितपुरस्थित मेडासिटी अस्पतालमा उपचार सुरु भएको छ ।
राप्रपाका केन्द्रीय सदस्य एवम् प्रवक्ता मोहन श्रेष्ठले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार लिङ्देनलाई सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको हो। विमानस्थलबाट सिधै लिङ्देनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको हो । ।
उनी केही दिनदेखि अस्वस्थ थिए । श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा उनलाई निमोनिया पुष्टि भएको थियो ।
उनलाई आज बिहान उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना गरिएको थियो । तर शरिरमा अक्सिजनको मात्रा कम भएपछि थप उपचारको काठमाडौं ल्याइएको हो ।
उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर झापाको चन्द्रगढी विमानस्थल पुगेको थियो । चन्द्रगढीबाट बेलुका साढे ७ बजे लिङ्देन सहित उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरालाई लिएर हेलिकोप्टर काठमाडौंको लागि उडेको थियो ।
उनको बुधवार गरिएको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ रिपोर्ट आएको थियो । आज बीएन्डसीमा फेरि पीसीआर जाँच गरिएको छ । रिपोर्ट शुक्रवार मात्र आउने बताइएको छ ।
झापामा राप्रपाले मंसिर २० गते आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व उनैले गरेका थिए । त्यसबेला उनी विरामी अवस्थामै हातमा ग्लोब र मुखमा मास्क लगाएर र्यालीमा सहभागी भएका थिए ।
गएको चुनावमा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका हुन् ।
र यो पनि पढ्नुहोस् :
झापाबाट लिङ्देनलाई लिएर काठमाडौं उड्यो नेपाली सेनाको हेलिकोप्टर