कोभिड महामारीका कारण ८ महिनादेखि रोकिएको नेपाल-भारत व्यावसायिक उडान पुस २ देखि संचालन हुने भएको छ ।
चैत ९ गतेदेखि रोकिएको नियमित उडान २ सय ७१ दिनपछि खुला हुँदा भारतमा उपचारका लागि जाने नेपाली, विद्यार्थी, व्यापारी तथा दुबै मुलुकमा नाताकुटुम्ब भएकाहरुलाई सहज हुने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार पुस २ गतेदेखि काठमाडौं र दिल्लीको लागि दैनिक २ वटा उडान हुनेछन् ।
नेपाली ध्वजाबहाक नेपाल एयरलायन्स र भारतीय ध्वजाबहाक एयर इन्डियाले दैनिक काठमाडौं–दिल्ली १/१ उडान गर्न पाउनेछन् ।
उक्त उडानमा यात्रुले ७२ घन्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने नियम बनाइएको छ ।
दुई हप्ताअगाडी नेपालका एकमात्र डलर अरबपति बिनोद चौधरीले सामाजिक संजालमा दिल्लीबाट काठमाडौं आउन निकै सकस परेको भन्दै एक स्टाटस् राखेका थिए ।
चौधरीले लेखेका थिए “दिल्लीबाट काठमाडौं यात्रा गर्न निकै सकस परिरहेको छ । नेपाल र भारत सीमानामा मान्छेहरु आउजाउ गर्न रोकतोक छैन र अन्तरदेशिय विमानहरु बन्द हुँदा यात्रुलाई सास्ती परेको छ । म दिल्लीबाट काठमाडौं आउनको लागि दिल्लीबाट प्लेनमा गोरखपुर र त्यहाँबाट गाडीमा नेपालको सीमाना पार गर्दै भैरहवा आएर भैरहवाबाट काठमाडौं आइपुगेको छु । ”
उनले पर्यटनमन्त्री योगेश भट्टराई ट्याग गर्दै प्रश्नसमेत सोधेका थिए । यदि सिमाबाट आउजाउ गर्न रोकतोक छैन भने प्लेन चलाउन किन रोकतोक लगाइएको ?
Travelling is indeed hard especially for people traveling to & from Delhi-Kathmandu! Though borders are operational but…
Posted by Binod Chaudhary on Wednesday, November 25, 2020
यसअगाडी कात्तिक २३ गते सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।